बैतडीमा भूकम्पको धक्का

बैतडी – बैतडीको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु न्वाघर क्षेत्र रहेको छ । भूकम्पको धक्का महसुस गरिएको तर क्षति भए नभकोबारे विवरण प्राप्त भएको छैन ।

स्थानीयवासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
पुस लागेपछि पश्चिम नेपालमा अहिलेसम्म आठ वटा भूकम्प गएका छन् ।

पुसको ६ गते बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रबिन्दु बनाएर पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा एक सय भन्दा धेरै घर तथा दुई वटा विद्यालयमा क्षति पुर्‍याएको छ ।

जाजरकोट, बाजुरा, बझाङ, डोटीलगायतका जिल्लामा पटक–पटक भूकम्प गइरहेका छन् । भूकम्पको पूर्वानुमान गर्न नसकिने तर पश्चिम क्षेत्र उच्च जोखिममा रहेको विज्ञहरुले बताउँदै आएका छन् । पुस १६