जेभियर इन्टरनेशनल कलेजको लापरबाही छात्राको मृ,त्यु
पुस १७
काठमान्डौ – बौद्धस्थित जेभियर इन्टरनेशनल कलेजको गम्भिर लापरवाहीका कारण १९ वर्षीया छात्रा गुनगुन तामाङको मृ,त्यु भएको छ।
विद्यार्थीलाई ओरिएन्टेशनका लागि नुवाकोटको ककनी लगिएको थियो । क्याम्प फायरको क्रममा आगोमा तार्पिन तेल हालीएको थियोे ।
तार्पिन तेल मानव स्वास्थ्यका लागि विष सरह मानिन्छ। त्यसको असर छेवैमा बसेकी गुनगुन तामाङलाई परेपछि उनि ढल्न पुग्छिन।
गुनगुन ढलेपछि शिक्षकहरु गम्भीर भएनन तर,विद्यार्थीहरुलाई भित्र पठाएर रमाइलो गर्नतिर लागेको पाईएको छ।
बिरामीलाई झण्डै तीन घण्टापछि मात्रै हस्पिटल पुर्याएपछि चिकित्सकले ‘ब्रोट डेथ’को घोषणा गरेका थिए ।
चिकित्सक भन्छन् ‘समयमा अस्पताल ल्याउन सकिएको भए ज्यान बचाउँन सकिन्थ्यो’।
अभिभावकका अनुसार भने ‘जेभियर कलेजले गम्भिर लापरवाही गरेको हो । तर जेभियर कलेज भने यसमा कुनै सत्यता नभै गुनगुनको प्राकृतिक निधन भएको बताउने गरेको छ।
जेभियर कलेजको यस्तो लापरवाही यो पहिलो पटक भने मात्र होइन। पाँच वर्षअघि कुलेखानी क्षेत्रमा शैक्षिक भ्रमणमा लगिएका विद्यार्थी सुरज भेटवालको इन्द्रसरोबर तालमा पौडी खेल्ने क्रममा मृ,त्यु भएको थियो ।