सर्लाहीमा वडाध्यक्ष मापसे गरेर १५० जनाको टोलि लिएर प्रहरी चौकी घेर्न गाएपछी फायरिङ
पुष २१
सर्लाही – सर्लाहीमा गएराति प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले पाँच राउन्ड गोली चलाएको छ।
मापसे चेकिङ गर्ने क्रममा युवाहरूले झगडा सुरु गर्दा वडाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा १५० जनाको टोली प्रहरी चौकी घेराउ गर्न पुगेका थिए ।
श्रीनन्दन मादक पदार्थ सेवन गरेर आएका थिए। उनी माओवादीबाट निर्वाचित वडाध्यक्ष हुन् । टोलीले प्रहरी गाडीमाथि आक्रमण गर्दा प्रहरीले गोली चलाएको र एक प्रहरीसहित केही स्थानीय घाइते भएका छन्।