भूकम्पबाट सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह
पुस २३
काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सतर्क रहन आग्रह गरेका छन।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले बेलाबेला स–साना भूकम्पको धक्का आइरहेका भन्दै सबैलाई सतर्क रहन, सुरक्षित बस्न आग्रह गरेका हुन ।
यस्तै ठूलो भूकम्पछि परकम्प जानसक्ने जोखिम रहने राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार कुनै पनि ठूलो भूकम्पपछि परकम्प आउने सम्भावना हुन्छ ।
आज बिहान ६ बजेर ५० मिनेटमा तिब्बतको दिङ्गे काउन्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको हो । भूकम्पको धक्का नेपालका विभिन्न भागमा पनि महसुस गरिएको छ ।
यो भूकम्पपछि परकम्प पनि आउन सक्ने केन्द्रले जनाएको छ । हाल नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्काहरु जाने गरिरहेका छन।
फाईल तस्वीर