आज बिहानको भूकम्पले कहाँ कति क्षती

काठमान्डौ – आज (मंगलबार) बिहान चीनको तिब्बत केन्द्रबिन्दु भएर गएको भुईँचालोले कोशी प्रदेशका ओखलढुंगामा २ घर, सोलुखुम्बु १, सङ्खुवासभा १ र ताप्लेजुङका १ घरमा आंशिक तथा पूर्ण क्षति पुगेको छ ।

ओखलढुंगामा चिसंखुगढी गाउँपालिका ५ सिरिसेका इन्द्रबहादुर परियारको घर पूर्ण रुपमा क्षति,भएको छ।
यस्तै सिद्धिचरण नगरपालिका २ चुहानछापका हिमाल कार्कीको घर सामान्य क्षति भएको छ।

त्ताप्लेजुङको इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख निवास, कार्यालय र मेस भवनमा क्षति भएको प्रहरीले जानकारी गरेको छ।

सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका ७ लुरुवाका हर्कबहादुर खत्री र खुम्बु पासाङ ल्यामु गाउँपालिका ५ हेलाजुङका आङ ङिमा शेर्पाको घरमा सामान्य क्षति भएको छ।

सङ्खुवासभाको भोट खोला गाउँपालिका १ किमाथांकाका तेन्छेदी शेर्पाको घरमा पनि सामान्य क्षति पाईएको छ। अझै थप विवरण आउँन बाकी छ। पुष २३ file photo