Gold

सुँगुर बङ्गुरको मासु खादै हुनुहुन्छ स्वान फिभर रोग कैलालीमा फेला

पुष २८

Naumule Migrate

काठमान्डौ- नेपालमा पनि स्वाईन फिभर फेला परेको छ।सुँगुर, बङ्गुर तथा बँदेल प्रजातीमा लाग्ने ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८ वटा बङ्गुर मरेका हुन।

घोडाघोडी ,९ का किसान प्रदेशु चौधरीले पालेका बङ्गुर मरेका हुन् । घोडाघोडी नगरपालिकाको पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बङ्गुर मर्न थालेपछि गरिएको परीक्षणमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएको जानकारी दिए।

उनका अनुसार गएको पुस १८ गते पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा परीक्षण गर्दा रोग पुष्टि भएको हो ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर, काठमाण्डौले पनि पिसिआर परीक्षणपछि अफ्रिकन स्वाइन फिभर पुष्टि गरेको आचार्यले जानकारी दिए।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत जिल्ला अफ्रिकन स्वाइन फिभरको उच्च जोखिममा छन् ।

२०७९ कात्तिकमा सुदूरपश्चिममा पहिलोपटक कैलालीको भजनीका किसान जय बुढाको बङ्गुर फार्ममा यो रोग देखापरेको थियो । त्यसबेला बुढाले पालेका ४ सय ८२ वटा बङ्गुर मरेका थिए ।
यसवर्ष पनि अफ्रिकन स्वाइन फिभर सुदूरपश्चिम, गण्डकी र बागमतीमा देखिएको पशु सेवा विभागले जनाएको छ ।

यो रोग पशुबाट मानिसमा नसर्ने तर सुङ्गुर, बङ्गुर तथा बँदेल प्रजातीमा छिटो फैलिने सरुवा रोग हो । यसअघि २०७९ सालमा देशका २८ जिल्लामा रोग फैलिएको थियो ।

सङ्क्रमित सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा नीलो धब्बा देखिने, खाना नखाने, छेर्ने, लड्खडाउने, तुहिने र ज्यानै जाने अवस्था आउने गरेको पशु स्वास्थ्य प्राविधिक आचार्यले जनाए ।

रोगी सुँगुर, बुङ्गुरलाई बथानबाट छुट्टै राख्न र उपचार गर्न, फार्ममा जैविक सुरक्षाका विधि अपनाउन, खोर तथा फार्ममा सरसफाइ गरी चुना तथा अन्य निःसङ्क्रमणका औषधि प्रयोग गर्न, ओसारपसारमा सावधानी अपनाउन किसानलाई आग्रह गरिएको पशु सेवा विभागले जनाएको छ।

 

 

Naumule Badhipahiro