संगीतकार राजु सुनाम पशुपतिनाथ धाउनुको कारण यस्तो रैछ ,,

साउन २७ , काठमान्डौ – विश्वकै प्रशिद्द तिर्थस्थल नेपालको राजधानी काठमान्डौमा अवस्थित पशुपतिनाथ मन्दिर सबैको पुजा गर्ने मनको शान्ति पाउने र मागने थलो मा गनिन्छ। यसको चर्चा विश्वमै हुने गर्दछ ।लाखौ भक्तालुजन प्रवेश हुने यो क्षेत्रको बयान विभिन्न प्रकारले गर्ने गरिन्छ। एसपटक भने गायक तथा संगीतकार राजु सुनामले यो तिर्थस्थलको परिचर्चा फरक तरिकाले गरेका छन् ।

गायक /संगीतकार राजुसुनाम गीत संगीतमा छुटै पहिचान र परिकल्पना बोकेको नाम हो ।उनले गयका थुप्रै गीत हिट छन् सुनामले यो वर्ष मात्र पाँच दर्जन भन्दा बढी गीतमा संगीत भरेको हामीलाई बताय । जाजरकोटको जन्म राजधानी केन्द्रबिन्दु उनको कर्म थलो हो ।माया प्रेम देखि लियर दु:ख सुखका कुरालाई गीत संगीतमा कोर्ने सुनामले यो वर्षको महिला हरुको हरितालिकालाई लक्षित गरि पशुपतिमा बोलको गीत सार्बजानिक गरेको रंग दर्पण डटकम र रंग दर्पण ईन्टरटेनमेन्टलाई बताय। चाड पर्व मात्र नभयर अन्यबेला पनि मान्छेको आगमन हुने यो थलोमा के साचिकै पशुपतिमा मुर्ति बोल्छ त ? भन्ने कुरालाई समेटियको छ। पशुपतिमा पुजा गरे सुख हुने महिलाहरु बर्त बसे शिव जस्तो लोग्ने पाउने किम्बदन्ती छ। भगवानको सुन्दर कल्पना भयको यो गीतको शब्द पनि सुनामले आफु लेखेका हुन्। इन्द्रेणी रंग बोके स्वर्गबाट ईन्द्र झर्ने मिठासपन लय सब्दले भरियाको तीज गीतमा गायिका पूर्णकला बिसी र कृष्ण पुन मगरको आवाज छ। भने प्रकाश सपुत र दिपासा बिसीको सुन्दर अनि दमदार अभिनय देख्नसकिन्छ ।

विक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोलाई प्रकाश खड्काले कैद गरेका हुन् ।मिलन र पदमाको सम्पादन भिडियोमा राम कुमार शाही ,जय रावल ,लोकेन्द्र राना ,निशा फिचरिङ् छन्। मन्दिरमा गयर मुर्तिलाई पुजेर कुनै आशिक नमिल्ने गीतको भाव छ। धन्यवाद छ सम्पूर्ण युनिट टिमलाई रंग दर्पण परिवारको तर्फबाट ,भिडियो हेर्न तल थिच्नुहोस् ,,