रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा थुन छेक बहस सुरु

वुट्वल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा प्रह्लाद कुमार योगीको इजलासमा परेको छ ।
रवि सहित २२ जनाविरुद्ध सुप्रिम सहकारी अनियमितताविरुद्ध मुद्दा दायर भएको थियो ।
नारायण बहादुर पहारीसहित सहकारीले पीडित दिएको जाहेरी आधारमा आज लामिछाने अदालत हाजिर भएका हुन् ।


बुटवलमा सहकारी ठगीको विषयमा प्रहरीले पूरक अनुसन्धान गरेर मुद्दामा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो ।
लामिछाने बिहान १० बजे अदालतमा हाजिर भएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । अब उनको बयान हुनेछ । बयानपछि थुनछेक बहस शुरू हुने उनले बताए ।
लामिछाने श्रीमती निकिता पौडेलका साथ मंगलबार साँझ भैरहवा आइपुगेका पुगेका थिए । लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ सहितगरी ४२ जनाविरुद्ध जिल्ला अदातलमा मुद्दा दर्ता भएको थियो । माघ १०
