यी दुई बलिउड कलाकारहरु मधेश आउने ,,
साउन,२८ काठमाण्डौ – बलिउड कलाकारहरु आज भोलि नेपालमा आउने क्रम बढेको छ ।केहि महिना अगाडी मात्र पनि बलिउड कमेडियन कलाकार राजपाल यादव नेपालमा आयर सुटिङ् गरेर गयका थिय । मधेशमा निर्माण हुने मैथिली फिल्म मधेशी पुत्र ३ अभिनय गर्नका लागि बलिउड कलाकारहरु मोहन जोशी र किरण कुमार प्रदेश २ मा आउने फिल्मका निर्माता तथा निर्देशक निराजन मेहताले बतायका छन् । मेहताका अनुसार आगामी दशैंबाट यो फिल्मको छायांकन प्रारम्भ गरिनेछ ।
दशैंबाट छायांकन प्रारम्भ भए पनि मोहन जोशी र किरण कुमार दीपावलीसम्म यता आउनेछन् । मेहताले यसअघि मधेशी पुत्र र मधेशी पुत्र २ फिल्मको निर्माण सम्पन्न गरिसकेका छन् । उनले निर्माण गरेको मधेशी पुत्र २ फिल्म रिलिजमा नेपाल चलचित्र विकास बोर्डले रोक समेत लगाएको थियो । पछि केही दृश्य हटाइएपछि यो फिल्मलाई प्रदर्शनको अनुमति दिइएको थियो ।
मधेशी पुत्र २ फिल्ममा मधेशमा देखिएका समस्याहरुलाई उजागर गरिनेछ । फिल्ममा बलिउड कलाकार मोहन जोशी वरिष्ठ समाजसेवीको भूमिकामा देखिनेछन भने किरण कुमार खलनायकको भूमिकामा देखापर्ने निर्देशक मेहताले बताए ।मेहताले यसअघि निर्माण गरेको दुबै मधेशी पुत्र फिल्मले मधेशका साथै विदेशमा पनि राम्रो नाम कमाएको थियो ।