माओवादी छोडेर एमाले प्रवेश गरेका बादलले भने जनयुद्ध हिंसा नै हो

काठमान्डौ – माओवादी छोडेर एमालेमा ठाउँमा बस्न गएका राम बहादुर थापाले हिजो अछाममा पुगेर माओवादी जनयुद्ध हिंसा हो भनेर बोलेका छन।

एमालेको एक कार्यक्रममा बोल्दै उनले जुनसुकै उद्देश्यले गरिएको होस् जुनसुकै परिवर्तन र क्रान्तिलाई त्यसले सपोर्ट गरेको होस् जनयुद्ध भन्ने हिंसा नै हो भनेर बोलेका हुन।

माओवादीको १० बर्ष जनयुद्धमा होमिएका बादल माओवादीको सरकारमा हुँदा पटक पटक गृहमन्त्री भएका थिए । तर उनी अहिले एमालेमा छन भने गुनमान छन।

यस्तै हाल प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले पनि विभिन्न कार्यक्रममा जनयुद्ध हिंसा भएको र जनयुद्ध दिवस मनाउने र बिदा दिने प्रचलन संसारमा कहिँ पनि नभएको बताउदै आउने गरेका छन।

परिवर्तनका लागि भएको सशस्त्र जनयुद्ध २०५२ साल फागुन २ गतेलाई देशभरमा फागुन २ गतेलाई बिदा दिने गरिएको छ भने एमालेले यस्को बिरोध गर्दै आईरहेको छ। माग २६