बेलुन पड्किदा आगो सल्केर अर्थमन्त्री पौडेल र मेयर घाईते बर्नमा उपचार हुँदै
काठमान्डौ – बेलुन पड्किँदा आगो लागेर घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई कीर्तिपुर अस्पताल भर्ना गरिएको छ ।
पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा पोखरा सभागृहमा दिउँसो रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको झिल्कोले समातेको थियो ।
आगोको झिल्कोले समात्नेबित्तिकै अर्थमन्त्री पौडेल र मेयर आचार्यको हातमा रहेका दुवै बेलुन पड्किएका थिए । त्यसबाट निस्केको आगोको ज्वालाले जलेर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका हुन।
पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकले उनलाई थप उपचारका लागि काठमाण्डाै रिफर गरेका हुन् ।
यस्तै मन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा जलेको छ । त्यस्तै मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको थियो । प्राथमिक उपचारपछि काठमाण्डाै रिफर गरिएको हो । उनको अनुहार र गाला जलेको छ ।
पोखरामा उपचार हुन नसकेपछि दुवै जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डाै लगिएको हो । दुवैको कीर्तिपुरमा रहेकाे बर्न अस्पतालमा उपचार भइरहेको छ ।
पोखरामा २० लाख जना पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा गरिएको हो ।
गण्डकी प्रदेशको राजधानी पोखरालाई गएको वर्ष चैतमा ‘पर्यटनको राजधानी’ घोषणा गरिएको थियो । भ्रमण वर्षको अवधिभर क्रियाशील रहने गरी महानगरका मेयर आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । फागुन ३