आगोले जलेका मेयर धनराज आचार्यको अस्पतालमा अवस्था यस्तो छ

काठमान्डौ – बेलुन पड्किँदा आगो लागेर घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई कीर्तिपुर अस्पताल भर्ना गरिएको छ ।

पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा पोखरा सभागृहमा दिउँसो रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको झिल्कोले समातेको थियो ।

आगोको झिल्कोले समात्नेबित्तिकै अर्थमन्त्री पौडेल र मेयर आचार्यको हातमा रहेका दुवै बेलुन पड्किएका थिए । त्यसबाट निस्केको आगोको ज्वालाले जलेर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका हुन।

मेयर धनराजको कानको साईड र अनुहारमा जलेको छ। दुवैको अवस्था खतरामुक्त रहेको बताईएको छ। घाईते पौडेल र आचार्य लाई भेट्न नेताहरु अस्पताल लागेको देखिन्छ। फागुन ३