भारतको केआईटी होस्टलमा नेपाली विद्यार्थी मृत घटनामा बोल्ने समय नदिदा सांसद सुमनाको गुनासो
काठमान्डौ – रास्वपा सांसद सुमना श्रेष्ठले भारतको केआईआईटी होस्टलमा एक नेपाली विद्यार्थी मृत फेला परेको घटनाबारे संसदमा आवाज उठाउन खोज्दा सभामुखले समय नदिएको बताएकी छन्।
उनले प्रतिनिधिसभामा आकस्मिक समय मागे पनि सभामुख देवराज घिमिरेले समय दिनु भएन। सुमनाले सामाजिक सञ्जालमार्फत गुनासो गर्दै भनेकि छिन।
विद्यार्थी विदेशमा मरेका बेला संसदमा यो विषय प्रवेश नपाउने र झोले भनेको कुरा आकस्मिक समयमा राख्न सकिन्छ भने अन्यथा हुनुहुन्छ।
भारतको केआईआईटी होस्टलमा नेपाली विद्यार्थीको मृत्युपछि न्यायको लागि उठेका नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालयले बाहिर निकालिदिएको र कुटपिट गरि ७ जना नेपाली विद्यार्थीलाई निकालिएको जानकारी दिइन्। फागुन ५