बूढानीलकण्ठको एक घरमा अनलाइन बेटिङ २४ जना प,क्राउ
फागुन ६
काठमाडौं – बूढानीलकण्ठको एक घरमा अनलाइन बेटिङ खेलाइरहेको आशंकामा प्रहरीको दोस्रोपटक छापा मारेको छ ।
गतराति प्रहरीले छापा मारेर नेपाली र भारतीय गरी २४ जनालाई पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गएराति छापा मारेको थियो ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । माघ २७ गते पनि प्रहरीले छापा मारेर केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । केही दिन अगाडि पनि प्रहरीले छापा मार्दा थुप्रैलाई प,क्राउ गरेको थियो।