नक्कली क्यान्सर पिडित बनाउने संचिता शाहीलाई कानुनी कारबाही हुनुपर्छ : समिक्षा अधिकारी
फागुन ११

काठमान्डौ – गायिका समिक्षा अधिकारीले नक्कली क्यान्सर पिडित र उनलाई रकम उठाउने अभियान चलाउनेमाथी अनुसंधान गरि कार्बाही गर्न आग्रह गरेकी छिन।

उनले सामाजिक संजालमा लेख्दै यस्तो हर्कत गर्ने नक्कली क्यान्सर् पीडित बनाउने र अभियान चलाएर कलाकारको बदनाम गर्नेलाई तत्काल उजुरी गर्न समेत उनले आग्रह गरेकी हुन ।
समिक्षा लेख्छिन।
गायिका समीक्षा अधिकारी भन्छिन , नेपालमा अलि ठुलै रोग लाग्दा सरकारले नि:शुल्क उपचार गर्ने व्यवस्था छैन्। हुनेखानेले मात्रै बाँच्न पाउछन्, हुदा खानेहरु उपचार नपाएरै मर्नुपर्छ।
तर नेपालीको मन ठुलो छ, नेपाली हामी भावनात्मक छौं। अरुको दु:ख देख्न सक्दैनौ।
त्यसैले विभिन्न अभियान नै चलाएर धेरैलाई मृत्युको मुखबाट बचाएका छौ।
तर पछिल्लो पटक केहि नक्कली बिरामी खडा हुने र सहयोगी मनहरुलाई ‘ईमोस्नल ब्याल्याकमेल’ मा पारि ठग्नेहरुको पर्दाफास भएको छ।
यस्तो घृणित कर्म गर्नेहरुदेखी चै साँच्चीकै चित्त दुख्ने रहेछ।
यस्ता ठगहरुको कारण वास्तविक पिडितले सहयोग पाउदैनन्, उनीहरुको बाँच्ने आधार नै रहदैन्। कृपया सहयोगीदाताहरु कलाकारिताका नाममा, सामाजिक अभियान्ताका नाममा वा फेमिनिष्टका नाममा चलाउने यस्ता अभियानहरु राम्रोसंग बुझेर मात्रै मन फुकाउनु होला।
यसरीले ठगी गर्ने जो कोहीलाई पक्राउ गरि कानुनी कारबाही गर्न सरकारसंग जोडदार माग गर्दै ‘फेक’ बिरामी देखाएर चन्दा आतङ्क मच्चाउनेहरुलाई अनुसन्धान गर्न पनि अपिल गर्दछु , strop fraud
