प्रधानमन्त्रीले पार्टी कार्यलयमा जन्मदिन मनाउने तयारि

फागुन ११

काठमान्डौ – नेकपा एमालेले केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सव कार्यक्रम राखेको छ ।

प्रधानमन्त्री ओलीलाई आज ७४औं जन्मदिनको शुभकामना दिन च्यासलमा कार्यक्रम राखिएको हो ।

अहिले दिउँसो ३ बजे प्रधानमन्त्री पार्टी कार्यालयमा आउँदै हुनुहुन्छ’ केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले भने ।

उनका अनुसार कार्यक्रम भने केक काटिने छैन कार्यकर्ताहरुले सुभकामना दिने कार्यक्रम रहेको उनले बताए । गत बर्षबाट प्रधानमन्त्रीको जन्मदिनमा केक काट्न छोडीएको छ।