प्रधानमन्त्रीको कार्यक्रममा बिरोध गर्ने आशंकामा चार जना प,क्राउ
फागुन १३

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा पुगेर विरोध गर्ने आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा सम्बोधन गर्न प्रधानमन्त्री ओली पुगेका छन् ।

सोही कार्यक्रममा विरोध गर्ने भन्दै केही युवाहरूले सामाजिक सञ्जालमार्फत सूचना लेखेका थिए । त्यस्पछी प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएर होल्ड राखेको बताएको हो।

सूचना पाएपछि अहिले चार जनालाई ‘होल्ड’ मा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
प्रहरी नियन्त्रणमा रहेनमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह रहेका छन् । प्रधानमन्त्री ओलीले मेडिकल कलेजमा नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन् ।
