suekhet
bheriad

डा पोखरेलको अन्त्येष्टि मंगलबार

lekabesi

काठमाडौँ, २४ पुष

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलको निधनमा विद्यार्थी संगठनले दुःख व्यक्त गरेका छन् ।

अनेरास्ववियुका अन्यक्ष नवीना लामा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङ र नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आज संयुक्त विज्ञप्ति जारी गरी डा पोखरेलले निजी क्षेत्रबाट नेपालको शैक्षिक जगत्मा महत्वपूर्ण र उल्लेखनीय योगदान पु¥याएको स्मरण गरेका छन् ।

सत्सठ्ठीय वर्षीय डा पोखरेलको आइतबार बिहान निधन भएको थियो । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) बाट समानुपातिक सभासद् रहेका थिए ।
उनको मंगलबार अन्त्येष्टि गरिने प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए ।