कुलमानलाई बर्खास्त गरेपछि महामन्त्री विश्वप्रकाशको असहमति
चैत १२

काठमान्डै – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीप्रति नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले असहमति जनाएका छन्।
यस्तै काङ्ग्रेसका अर्का महामन्त्री गगन थापाले पनि कुलमानको बर्खास्त न्यायोचित नभएको भन्दै असहमति जनाएका छन।
शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै कुलमानलाई हटाउने निर्णय कांग्रेस पदाधिकारी तहको सहमतिबिना गरिएको बताएका छन्।


शर्माले लेखेका छन्, “कुलमान घिसिङलाई पदबाट हटाउन नेपाली कांग्रेस पदाधिकारी तहको सहमति थिएन। बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमा सजग गराइएको थियो।
उनले सरकारको यो निर्णयलाई समयोचित नभएको भन्दै “कारवाही योग्य केही भए, पछि पनि गर्न सकिन्थ्यो, तर केही राम्रा प्रयास छायामा पार्ने गरी सरकारको यो निर्णय आउनु गलत हो,” भनेका छन्।
त्यसैगरी कुलमानलाई बार्खस्त गरेको भन्दै सरकारको देश भर बिरोध भैरहेको छ।
