एकजोर जुत्ता चोरी गर्ने मानिसको खोजीमा ३ हजार जना पुलिस

१ भदौ, शुक्रबार

जापानमा एकजोर जुत्ता चोर्ने चोरलाई ३ हजार जना पुलिसले धुइँपताल खोजिरहेका छन् ।

२ महिनादेखि हिरासतमा रहेको ३० वर्षको उक्त युवक ओसाकास्थित टोन्डाबायसी पुलिस चौकीबाट पुलिसका जुत्ता नै चोरेर भागेपछि उसलाई खोजी गर्न जापानभर ३ हजार पुलिस खटिएका छन् ।

हुनत जूनया हिदा नामक उक्त व्यक्तिमाथि केवल चोरी मात्रको अभियोग थिएन । ऊ चोरी तथा बलात्कारको आरोपमा गिरफ्तार भई जापानको एक पुलिस चौकीमा हिरासतमा थियो । हालै ऊ पुलिस चौकीबाटै भागेर फरार भएपछि पुलिसले यत्रतत्र सर्वत्र उसको खोजी गरिरहेको हो ।