surkhet

भाटभटेनीमा ८० लाखको क्षति तथा नोक्सानी भएको पुष्टि

surkhet

काठमान्डौ – कोटेश्वरमा रहेको भाटभटेनी स्टोरमा चैत १५ गते राजावादी अराजक समूहको लुटपाट र तोडफोडका क्रममा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति तथा नोक्सानी भएको छ ।
भाटभटेनीले गरेकाे मूल्यांकनका क्रममा मौज्दात सामानमा सबैभन्दा ठूलो क्षति देखिएको छ ।  ६४ लाख ८८ हजार रुपैयाँको मौज्दात सामान हराएको तथा नष्ट भएको पाइएको छ ।
त्यस्तै भवनमा भएको क्षति मूल्यांकन ११ लाख ८५ हजार रुपैयाँ बराबर रहेको सीईओ पानु पाैडेलले जानकारी दिए ।
फ्रिजर तथा शोकेसको क्षति २ लाख ६५ हजार र नगद चोरी भएको ९४ हजार रुपैयाँसहित कुल ८० लाख ३३ हजार रुपैयाँ क्षतिको मूल्यांकन भएको हो ।

Gorkha

चैत १५ गते राजावादीको अराजक समूहले कोटेश्वरको भाटभटेनी स्टोरको भवन तोडफोड गर्नुका साथै लुटपाट मच्याएका थिए । लुटपाटका क्रममा मौज्दात सामानवापत सबैभन्दा बढी नोक्सानी पुगेको देखिएको छ । चैत १८

salyan