तिनकुने घटनामा जो सुकै होस कडा कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले उक्त दिन घटेका सबै गतिविधि निन्दनीय र खेदजनक भएको जिकिर गरेका हुन ।

१५ गतेको दिन राप्रपाले हिंसक आन्दोलन गर्दै लुटपात चोरी डकैती गरेको छ भने १२ वडा गाडी जलाएको छ भने दुई जनाको ज्यान गएको छ।

प्रधानमन्त्री ओलीले लोकतन्त्र गणतन्त्र समावेशीता जन्ताले लडेर ल्याएको व्यबस्थामा हो हल्ला गरेर भाड भैलो मच्चाउन जन्तालाई आतंक फैलाउन नमिल्ने समेत बताए । चैत १८
