काठमान्डौका मन्दिरमा पिसाब छर्कदै हिड्ने ईसाई धर्मकि महिला पक्राउ
चैत २४
काठमान्डौ – काठमाडौँको नागार्जुन-५ स्थित आदेश्वर मन्दिरमा पिसाब छर्केको आरोपमा ६१ वर्षीया ईसाई धर्म अगॉलेकी मिठु तिवारी गर्तौला पक्राउ परेकी छन्।
उनले आदेश्वरसहित चुण्डेश्वर, सीतापाइला गणेश र हरिसिद्धी मन्दिरमा पनि यस्तो कार्य गरेको प्रहरीले जनाएको छ।
सिसिटिभी फुटेजको आधारमा चैत २१ गते ५ बोतल पिसाब जस्तो पदार्थसहित पक्राउ गरिएकी उनलाई ‘धर्म सम्बन्धी कसुर’मा मुद्दा दायर गरिएको छ। उनले २०७६ सालदेखि क्रिस्चियन धर्म अपनाएको खुलेको छ।