काठमान्डौ लगायत विभिन्न जिल्लामा भारि बर्षा
चैत २८

काठमान्डौ – लामो समयपछि काठमान्डौ राती बर्षा भएको छ। मध्यराती देखि गड्याङ गुडुङ र हावा हुरि सहित ठूलो बर्षा भएको हो।
पानी परेपछि राजधानीमा बस्नेहरु खुसी छन किन कि पानीले उपत्यकाको वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ भने वायु प्रदूषणबाट नागरिकले राहत पाउने भएका छन् ।
बर्षा भएपनि काठमान्डौमा बिहानैदेखि जहाज आवात जावत गरेका छन। यस्तै हिजो देखि विभिन्न जिल्लामा बर्षा भएको छ। भने हिमाली उच्च पहाडि जिल्लामा पनि ठूलो बर्षा भएको छ।

पश्चिमको तुलनामा मध्य र पूर्वी भेगमा पानी केही बढी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज र भोलि देशका सबैजसो प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यही चैत ९ र १० गते देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएकामा त्यसपछि पर्याप्त वर्षा हुन सकेको छैन ।
पश्चिमी वायुको प्रभाव ज्यादै कमजोर रहेकाले विगत लामो समयदेखि देशभर पर्याप्त वर्षा नभएको तथा तापक्रममा वृद्धि हुँदा वायुमण्डल सुक्खा रहेको विभागकी प्रवक्ता विभूती पोखरेलले बताईन।
त्यसैले तुवाँलोको प्रभावले वायुमण्डलको पारदर्शितासमेत न्यून हुन गई हालको वायु प्रदूषणलाई थप जोखिमयुक्त अवस्थामा पुर्याउन भूमिका खेलेको उनले बताईन।
अहिले ठूलो वर्षा नहुने र देशभरको मौसममा अपेक्षित सुधार हुने अवस्था नदेखिएकाले मौसमसम्बन्धी जानकारी अद्यावधिक गरिरहन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अपिल गरेको छ ।
