surkhet

राजावादिको हिंसात्मक प्रदर्शन गरेर भागेका कमान्डर दुर्गा प्रसाई पक्राउ

surkhet

काठमान्डौ – नेपालमा हिंसात्मक प्रदर्शन गरेर भागेका राजावादिका कमान्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन।

१५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको अधिकारीहरूले बताएका छन् ।

यद्यपि, प्रसाईंका सहयोगीहरूले भने उनले भारतको आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् ।

Dailekh
Gorkha

उत्पात मच्याएर भागेका प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए । ‘उनी उत्तरप्रदेशको प्रयागराजमा रहेको सूचनाका आधारमा प्रहरीको विशेष टोली त्यहाँ पुगेको थियो ।

प्रसाईंलाई भारतमा पक्राउ गरिएको विषयलाई भने प्रहरीले खण्डन गरेको छ । बरू ‘उनी नेपालभित्रै छिट्टै पक्राउ पर्न सक्ने’ प्रहरी अधिकारीको दाबी छ ।

नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास छ ।

अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने अभ्यास छ । चैत २९

salyan