अदालतले रिहा प्रहरीले पक्राउ प्रकाण्ड ,,
भदौ,१ काठमाडौं – नेकपा (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै पुन पक्राउ परेका छन् । प्रकाण्डलाई अदालतले रिहा गरेको केहि समयमै काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । उनि चन्दा असुली गरेको आरोपमा पनि नेपाल प्रहरीको बिशेष ब्यूरोले २२ साउनमा पक्राउ गरेको थियो ।केही महिनाअघि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको घटनामा उहाँलाई फेरि पक्राउ गरिएको हो’, परिसरका डिएसपी मोहन थापाले बताए ।यसअघि प्रकाण्डका छोरा नरेन्द्रबहादुरले उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । जसको सुनुवार्इ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न अादेश दिएको थियो ।