surkhet

भूकम्पमा परेर २२ घन्टा पुरिएका ४ महिने बालक अहिले १० बर्ष पुगे रोनाल्डो जस्तै बन्ने सपना

बैशाख १२

surkhet

काठमान्डौ- २०७२ साल बैशाख १२ गतेको भूकम्पमा परेर २२ घन्टा पुरिएका ४ महिने बालक सोनिस अवाले अहिले १० बर्ष पुगेका छन् । उनले अहिले भविष्यमा रोनाल्डो जस्तै बन्न मन गरेको समेत बताउछन ।

१२ गते बिहान ११:५६ मा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पले देशभर ठूलो क्षति पुर्‍याएको थियो।

सोही दिन भक्तपुरमा एक घर भत्किँदा त्यहाँको चार महिने बालक सोनिश अवाल भग्नावशेषमा पुरिए।

Dailekh
Gorkha

उनको जीवितै उद्धार सम्भव होला भन्ने आशा निकै कम थियो। तर २२ घण्टापछि नेपाली सेनाको टोलीले चमत्कारी रूपमा उनलाई जीवितै उद्धार गर्न सफल भयो।

आज, त्यो बालक सोनिश अवाल कक्षा ५ मा अध्ययनरत छन्। जीवनको शुरुवातमै यस्तो कठिन परिस्थितिको सामना गरेका सोनिश अहिले हाँसिला र चञ्चल केटा बनेका छन्।

उनलाई स्मरण छैन त्यो दिनको त्रासदी, तर उनको जीवनको कथा भने हजारौंको प्रेरणाको स्रोत बनेको छ।

२२ घण्टासम्म भग्नावशेषमा अडिएका ती साना आँखा, र जीवनको लागि गरिएको त्यो संघर्ष, अहिलेका उज्याला मुस्कानहरूमा परिणत भएका छन्।

salyan