बानेश्वरमा आन्दोलन रनमैदान शिक्षकका आँखा फुटे हात भाचिए

काठमान्डौ – बानेश्वरमा शिक्षक र प्रहरी बिच झडप भएको छ।
झडपमा परेर ६० जना शिकक घाइते भएका छन भने केहीको टाउको फुटेको छ । यस्तै एक जनाको अँखा फुटेको भन्ने खबर प्राप्त भएको छ ।
त्यस्तै केहिको हात भाँचिएको छ भने खुट्टा मा ठुलो चोट सहित फ्याकचर भएको खबर आएको छ।

शिक्षा ऐन लागू गर्न माग गर्दै आज २६ दिनको शिक्षक आन्दोलनमा प्रहरी र शिक्षकको झडप भएको हो।

आन्दोलनले निषध आज्ञा तोडेर संसद भवन तिर छिर्न लागेपछि प्रहरीले पानीको फोहरा सहित असुरग्यास हानेको छ भने लाठीचार्ज गरेको छ। बैशाख १५
