surkhet

पानीको फोहरा हान्दा पत्रकार सबिनाको दाहिने आँखानै देखिन छोड्यो

बैशाख १५

surkhet

काठमान्डौ – काठमाडौंको नयाँ बानेश्वरमा आज भएको शिक्षक आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकारीबीचको झडपमा प्राइम टेलिभिजनकी संवाददाता सविना कार्की गम्भीर घाइते भएकी छिन् ।

पत्रकार कार्कीको दुवै आँखाको भित्री भागसम्म चोट, भिजनमा समस्या ‘आँखाभित्र रगत जमेको (हाइफिमा) छ ।

Gorkha

जसले गर्दा भिजन एकदमै कम रहेको छ । आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ । चोटको कारण आँखाको प्रेसर पनि बढेको छ,’ उपचारमा संलग्‍न डा. सिभान्त श्रेष्ठले भनिन् ।

Dailekh

घाईते सविनाके दाहिने आँखा हेर्न नमिल्ने बताईन । उनका अनुसार झडप हुनै लाग्दा मोबाईल निकालेर फोटो खिच्ने तयारी गरेकी थिइन । त्यहि बेला प्रहरीले पानीको फोहरा हान्यो ।

अनि उनको अनुहार र आँखामा लाग्यो । म ढले कराए अनि चिच्याए उनले भनिन । उनलाई लगतै एक जना प्रहरीले बोकेर अस्पताल तिर लगेको देखिन्छ ।

salyan