surkhet

रेशम चौधरी केही छिन मै रिहा

surkhet

काठमान्डौ – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी केही छिनमै रिहा भएका छन् ।

कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएको बताए ।

सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’का आधारमा उनी बुधबार दिउँसो राजधानीको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए ।

Dailekh
Gorkha

उक्त पत्र फेक भएको समेत सर्वोच्च अदालतले नै विज्ञप्तिमार्फत जानकारी दिएको छ।

यस्तै सर्वोच्चले अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उनी साँझ रिहा भएका हुन् । यस्तै फेक पत्र पठाउने महिमान सिंह विष्ट पक्राउ परिसकेका छन् ।

बुधबार नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा हुने भएपछि रेशम प्रज्ञा भवन पुगेका थिए । तर, उनी एका -एक पक्राउ परेसँगै आजको एकता नै भाँडिएको छ । बैशाख १७

salyan