Gold

उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध नवराज बिकका बुवाले हाले मुद्दा

बैशाख २६

Naumule Migrate

काठमान्डौ –  उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ ।

रुकुमको सोती घटनामा नवराज विकसहित ६ जनाको हत्या अभियोगमा संलग्नलाई जातीय छुवाछूत अभियोगमा सफाइ दिएको भन्दै न्यायाधीशहरू सोमकान्त मैनाली र मात्रिकाप्रसाद भण्डारीलाई कारबाहीको मागसहित नवराज विकका बुबा मोहनलाल विकसहित पीडित परिवारले उजुरी दिएका हुन् ।

२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको ६ जनाको हत्या अभियोगमा जिल्ला अदालत रुकुम पश्चिमले २०८० मंसीर १९ गते जातीय विभेदकै कारण विकसहित ६ जनालाई कुटपिट गरी मारेको ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।

२०८२ साल वैशाख १६ गते उच्च अदालत सुर्खेतले २३ जनाको जन्मकैद सदर गर्दै जातीय अभियोग कसुरमा सफाइ दिएको थियो ।

Naumule Badhipahiro