गायक सौगात सायर साईबर क्राइम गरेको आरोपमा पक्राउ ,,

तिमी फुल्यौ कतै’,’नजलाऊ ब्यर्थै छाती’, ‘तिर्खा मेट्यो मूलको पानीले’ लगायत गीतहरुले चर्चामा आयका गायक एवं संगीतकार सौगात सायर (सुनार) पक्राउ परेका छन् । साइबर क्राइम गरेको अभियोगमा उजुरी परेपछि उनलाई बुटवलबाट पक्राउ गरेर अपराध महाशाखा टेकु काठमाडौंमा बुझाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । राष्ट्रिय जनमोर्चाको रक्तिम सांस्कृतिक अभियानबाट सांगीतिक यात्रा शुरु गरेका सौगात पछिल्लो समय पार्टीमा भन्दा आधुनिक र प्रेम सम्बन्धका गीत गाएर चर्चामा थिए ।एक युवतीले गरेको उजुरीका आधारमा अपराध महाशाखाले पक्राउ गरी उपस्थित गराउन इलाका प्रहरी कार्यालय बुटवललाई आदेश दिएकाले पक्राउ गरेर बुझाएको प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए । यसअघि पनि युवतीका विषयमा गायक सौगात विवादमा मुछिने गरेको स्रोतको आरोप छ ।