कथा काठमान्डौको धुलोमाण्डु भन्दै गाय वरिस्ठ हास्यकलाकार हरिवंश आचार्यले गीत ,,
काठमाण्डौको समस्यालाई उजागर गर्दै तयार पारिएको चलचित्र ‘कथा काठमाण्डु’को ‘धुलोमाण्डु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतमा बुलेट फ्लो र हाँस्य कलाकार हरिवंश आचार्यको स्वर छ । असोज १२ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको गीतमा सुरज विक्रम थापाको शब्द तथा संगीत छ । काठमान्डौको दैनिक क्रियाकलापलाई समेटेर निर्माण गरियको यो चलचित्रका मुख्य कलाकार प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रमोद अग्रहरि, प्रेक्षा अधिकारीलाई फिचरिङ गरिएको छ ।
संगीता श्रेष्ठले लेखन तथा निर्देशन गरेको चलचित्रमा लुजा सिंहले छायांकन गरेको चलचित्रमा भरत रेग्मीको सम्पादन, विज्ञान राइको लगानी छ । चलचित्रमा समावेश गरियको रातको कुरा बोलको गीतले निकै चर्चामा आयको छ जसमा ईन्दिरा जोशीको स्वर छ भने प्रियंकाकार्कीको सेक्सी सिनलाई हाईट गरियको छ ।