Gold
Bangad salyan

अब वाईसीएल गेट पाले बस्दैन सिंहदरबार पस्छ : दिपशिखा

जेठ ३

Salyan

काठमान्डौ – नेकपा(माओवादी केन्द्र) को भात्रीसंगठन योङ कम्युनिस्ट लिग, नेपाल(वाइसीएल, नेपाल) का इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले अब वाइसीएल पार्टी कार्यक्रमको गेटपाले नबन्ने बताएका छन् ।

शनिबार वाइसीएलको भक्तपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै इन्चार्ज दीपशिखाले वाइसीएलले हरेक ठाँउमा जिम्मेवारी पाउनुपर्ने प्रष्ट पारे ।

अब वाइसीएल गेटपाले होइन, संंसद भित्र सांसद भएर पस्ने ल्याकत राख्छ उनले भने ।

देश बनाउने जिम्मा युवाको काँधमा आएको उल्लेख गर्दै उनले पार्टी भित्र युवाको उचित जिम्मेवारीमा जोड दिए ।

युवालाई कार्यकर्ता होइन, नेताको रुपमा बिकास गर्न नसके अझै यथास्थितिमै बस्नुपर्ने उनले चिन्ता व्यक्त गरे ।

राजनीतिमा मात्र नभई आर्थिक, सामाजिक र सांस्कृतिक लगायत हरेक क्षेत्रको नेतृत्व युवाले गर्नुपर्नेमा उनको भनाई छ।

सो अवसरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकालले वर्तमान सरकारले निराशा बाढ्दा परिवर्तन संस्थागत गर्न चुनौती खडा भएको भन्दै वाइसीएलले परिवर्तन बिरोधी पक्षलाई हरेक ठाउँमा निस्तेज पार्न निर्देशन दिए ।

देशमै रोजगारी सृजना गरी युवालाई स्वदेश फर्काउन नसकी समाजवाद नआउने उल्लेख गर्दै उनले त्यसका लागि वाइसीएलले दबाब बढाउनुपर्ने बताए ।

वाइसीएल जिल्ला अध्यक्ष सरराज उप्रेतीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु देवेन्द्र श्रेष्ठ, प्रतिमा श्रेष्ठ, श्रीराम खाइजु त्यसैगरी प्रदेश सदस्य युवराज आचार्य, प्रेम लामा, जिल्ला संयोजक सुनिल गोठे बासु, सचिव जीवन तज लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै, वाइसीएलका केन्द्रीय सचिव डिपी थपलिया, कोषाध्यक्ष सन्तोष पनेरु सदस्यहरु राजु कुटु, बेदप्रसाद खरेल, अर्चना खड्का, सविन आचार्य, नरेश वाइवा, बागमती प्रदेश अध्यक्ष साजन अधिकारी लगायतको पनि आतिथ्यता रहेको वाइसीएल जिल्ला इन्चार्ज नरेश रन्जितले जनाएका छन् ।

थिमि ब्याङ्क्वेटमै सम्मेलनको बन्द सत्र समेत सम्पन्न भएको छ । बन्द सत्रले सुरेन्द्र सुवालको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित गरेको इन्चार्ज नरेश रन्जितले बताएका छन् ।
जिल्ला कार्यसमितिको उपाध्यक्षमा क्रमश: बिराज था श्रेष्ठ, राज वाङ्गयो, कृति श्रेष्ठ निर्वाचित भएका छन् भने सचिवमा दिपेश लामिछाने, सहसचिवमा सुसन श्रेष्ठ र कोषाध्यक्षमा समृद्ध तन्डुकार निर्वाचित भएका निवर्तमान अध्यक्ष सरराज उप्रेतीले बताए ।

बन्द सत्रमा वाइसीएलको सस्थापक महासचिव एवं माओवादी केन्द्रका भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भीष्मले प्रशिक्षणात्मक मन्तब्य राख्दै ओली सरकार जनविरोधी भएको र यसको बिरोध गर्नु सबै सचेत नागरिक र विशेषगरि वाइसीएलको दायित्व भएको बताए ।

उनले वाइसीएल परीवर्तनको रक्षक र सकारात्मकताको पर्याय भएर समाजमा प्रस्तुत हुनुपर्ने स्पष्ट पारेका एक सहभागीले बताए।