Gold
Bangad salyan

दैलेखमा प्रचण्डलाई एफएम दाईको लोकल काक्रो

जेठ ४

Salyan

दैलेख – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दैलेखमा किसानले हरियो लोकल काक्रो हातमा दिएर स्वागत गरेका छन।

दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका ९ का किसान अगुवा नरेन्द्र खडकाले प्रचण्डलाई दुईवटा लोकल काक्रो दिएर सलाम ठोकेका थिए

नगेन्द्र त्यस्ता अगुवा कृषक हुन्, उनी ‘गाउँले एमफएम’ नामले चर्चित छन् ।

०५८ सालतिर, डौँसुरमा उनको सानो पसल थियो । पसलमा उनले रेडियो राखेका थिए । त्यतिबेला जनयुद्ध उत्कर्षमा भएकाले त्यसका समाचारप्रति स्थानीयको चासो बढी थियो ।

रेडियो नेपाल, माओवादीले सञ्चालन गरेको रेडियो, नेपालगन्जको बागेश्वरी एफएम, कैलाली टीकापुरको फूलबारी एफएम आदिबाट बज्ने समाचार उनले गाउँहरुलाई चर्को ‘भोल्युम’मा सुनाउँथे ।

‘आज यो ठाउँमा यस्तो भीडन्त भयो, यतिजनाको मृत्यु भयो, यतिजना घाइते भए भनेर सबैलाई भन्थेँ,’ उनी भन्छन् । विश्वका घटना पनि उनलाई थाहा हुन्थ्यो ।

त्यहीबेला माओवादीकै एक नेताले उनको नाम ‘गाउँले एफएम दाइ’ भनेर राखिदिए, त्यसपछि गाउँमा उनी यही नामले चिनिन थाले ।

माओवादी केन्द्रको यो अभियानले अहिले देश भरमा चर्चा पाईरहेको छ। २०८४ को चुनावको लागि माओवादीले अहिले देखि नै जन्ताको सामु पुग्ने र भावना बुझ्ने गरेको छ।