Gold
Bangad salyan

दर्शकले अत्यधिक मनपराउने गरेको गीत गुडदै जाने रेल बजारमा सार्वजनिक

जेठ् २६

Salyan

काठमान्डौ – गुड्दै जाने रेल बोलको गीतले अहिले दर्शक श्रोताको मन जितेको देखिन्छ ।

नेपाली गीत संगीतको बजारमा यो गीत साचिकै नेपालीहरुको मन मुटुमा बस्न सफल भएको हो ।

लोकप्रिय गायक गायिका देवि घर्ती , पुर्णकला बिसि , पुरशोतम गैरे ,ईश्वर सिंहको मिठास स्वरमा रहेको गुड्दै जाने रेलको अडियो  पनि अहिले ट्रेन्डिङमा बजिरहेको छ।

सोही गीतलाई निर्माण पक्षले अहिले भिडियो पनि बजारमा सार्वजनिक गरेको छ। गीतको शब्द संगीत गायक पुरुशोतम गैरेकै रहेको छ।

गीत नेपाली संस्कृत झलकाउने रोईला हो। यो गीतमा पछिल्लो समयमा दर्शकले मन पराउने र खोज्ने गरेका युवा आकाश नेपालीको एरेन्ज तथा अभिनय देख्न सकिन्छ।

नेपाली युवा युवतीको रोजाईलाई मध्यनजर गर्दै गायक गैरे र  एरेन्जर मोडल आकाश नेपालीले पछिल्लो चरणमा उत्कृष्ट गीतहरु बजारमा बजेका छन।

यो जोडिले सार्वजनिक गरेको अर्को गीत कहाँ पर्यो नानीको घर , माच्यो मजुर लगायत दर्जनौ गीत दर्शकको रोजाईमा छन।
साथै गीतमा अभिशेक खड्का , टीका जैसी , संचिता शाही लगायतको पनि अभिनय रहेको छ।