Gold

देउवा पुत्रको लगानीमा हिल्टन होटेल भन्ने समाचार लेख्ने पत्रकारविरुद्ध पक्राउ

जेठ २८

Naumule Migrate

काठमान्डौ – काठमाडौंस्थित साइबर ब्यूरोले पत्रकार दिलभुषण पाठकविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको छ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई लिएर हिल्टन होटल सम्बन्धी समाचार प्रकाशित भएको विषयमा जयवीरले साइबर क्राइमको उजुरी दिएपछि ब्यूरोले पुर्जी लिएको हो।

ब्यूरो स्रोतका अनुसार जयवीरको दबाबपछि अदालतबाट चुपचाप पुर्जी लिइएको र त्यसपछि मात्रै जानकारी दिने निर्देशन दिइएको थियो। हाल प्रहरीले पत्रकार पाठकको खोजी गरिरहेको छ।

नक्साल नजिक रहेको हिल्टन होटेल शेरबहादुर देउवाका छोराले  २५ अर्बमा किनेको भन्ने समाचार बाहिरीएको छ।

Naumule Badhipahiro