Gold

गृहमन्त्रीमाथी फेरि अर्को उजुरी अपराधीलाई संरक्षण गरेको आरोप

Naumule Migrate

काठमान्डौ – त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक दीपक थापाविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन्।

उनले आफूमाथि भएको आक्रमणमा संलग्न दोषीहरूलाई पक्राउ नगरी उल्टै संरक्षण दिएको आरोप लगाएका छन्। २०७७ साल असोज २० गते त्रिवि परिसरमै कुटपिटमा संलग्न रहेका सातजनामाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर भएको थियो।

काठमाडौँ जिल्ला अदालतले २०८० मंसिर ७ गते छ जनालाई दुई वर्ष कैद र क्षतिपूर्तिको सजाय सुनाएको थियो। उच्च अदालत पाटनले समेत सो फैसला सदर गरेको छ।

तर दोषी ठहरिएका मध्ये तीन जना- हरि आचार्य, नीरज राना मगर र रुपेश साह—अहिलेसम्म पक्राउ नपरेको भन्दै चलाउनेले गृहमन्त्री र आईजीपीमाथि उनीहरूलाई जोगाएको आरोप लगाएका छन्।

आफूलाई खतरा रहेको भन्दै उनले मानवअधिकार आयोगसँग सुरक्षा र न्यायको माग गरेका छन्। गृहमन्त्री लेखकमाथी अहिले भिजन भिसा प्रकरणको मुद्दा दायर भएको छ। जेेेठ २९

Naumule Badhipahiro