गोरखा ताकुकोट सेवा समाज काठ्मान्डौले खुल्ला फुट्सल टुर्नामेन्ट गर्ने
जेठ ३०

काठमान्डौ – गोरखा ताकुकोट सेवा समाज काठ्मान्डौले खुल्ला फुट्सल टुर्नामेन्ट गर्ने भएको छ। युवाहरुलाई सपोर्ट र मनोरञ्जन गर्ने उदेश्यले उक्त कार्यक्रम हुन लागेको संस्थाले जनाएको छ।
भोलि ३१ गते शनिबार बालाजु गङगाहल नजिक ब्राईटहेवन बोर्डिङ स्कुल स्पोर्ट्स सेन्टरमा बिहान १० बजे देखि ५ बजे सम्म कार्यक्रमको आयोजना गरिएको हो।
२०७२ सालको बिनासकारी महाभूकम्पले केन्द्रबिन्दु बनेको बारपाक सुलिकोट अहिलेपनि दु:खमा नै छ। उक्त महामारीकै बेला यो संस्थाको स्थापना भएको थियोे ।
बारपाक ताकुकोटबाट काठमान्डौमा अस्थायी रुपमा बसिरहेका बासीहरुलाई उक्त संस्थाले सहयोग गर्दै आईरहेको छ।
टाकुकोट सेवा समाज काठमान्डौले विभिन्न क्षेत्रबाट सामाजिक सेवाका कार्यक्रमहरु गर्दै आउने गरेको छ।
गत १५ गते गणतन्त्र दिवसको दिन मात्र उक्त समाजले वनस्थलीमा खुल्ला रक्तदान कार्यक्रम गरेको थियो।अहिले यो संस्थामा आजिवन सदस्यता लिनेहरु समेत बढेका छन।
