एसपी विष्टलाई निलम्बन गर्न गृहको निर्देशन ,,
भदौ ९, काठमाडौं – गृह मन्त्रालयले एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको छ । साथै डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर बोलाइने भएको छ ।आन्दोलन चर्किएपछि गृह मन्त्रालयले विष्टसँगै प्रमुख जिल्ला अधिकारी परिर्वतन गरेको छ । तर, नयाँ नेतृत्व पुगेकै दिन एक बालकको प्रहरीको गोलीबाट मृत्यु भएको छ ।शनिबार गृह मन्त्रालयमा भएको बैठकमा मन्त्री रामबहादुर थापा बादलले अनुसन्धान प्रक्रिया पुरा नहुँदासम्म एसपी विष्टलाई निलम्बन गर्न निर्देशन दिएका छन् । निर्मलाको बलात्कार पछि हत्याको प्रकरणलाई लियर कंचनपुर , धनगडी देखि लियर काठमान्डौको माईतिघर मण्डलामा आन्दोलन जारि गरियको छ ।वास्तविक हत्यारालाई कारबाही नगरे सम्म आन्दोलन जारी रहने पनि श्रोतको भनाई छ। निर्मलाको विषयलाई लियर मानव अधिकार सरोकार देखि विभिन्न पार्टीका नेता समेतले निर्मलाले न्याय पाउन पर्ने र हत्यारालाई कारबाहीको माग गरेका छन् ।