बल्ल बोले प्रधानमन्त्री शंका लागेका भरि कसईलाई नछोड्नुस ,,

भदौ ९ , काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनालाई लियर बल्ल मुख खोलेका छन् । निर्मलाको बलात्कार पछि हत्या भयपछि हत्यारालाई कारबाहीको माग राख्दै कञ्चनपुर राजधानी देखि ठाँउ, ठाँउमा आन्दोलन र झडप भयको छ । आन्दोलनमा कञ्चनपुरमा एक बालकको गोलि लागि मृतु भयपछि आन्दोलनले झन् उग्र रुप लियको थियो ।यसै विषयमा प्रधानमन्त्रीले निस्पक्ष रुपमा छानबिन गरि हत्यारालाई कारबाही हुने जानकारी गरेका छन्।

कैलाली र कञ्चनपुरका सांसद र तथा नेकपाका नेताहरुसँग भएको भेटमा प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भिर रुपमा लिएकोले छानविन समिति गठन गरेको बताए । ‘यस घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन्, यसमा सरकार गम्भिर छ’ प्रधानमन्त्री ओलीले भने ‘यस्ता व्यक्तिहरुको पहिचन गरी कारबाही गर्न र स्थितीलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।

प्रधानमन्त्री ओलीले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पति तोडफोड गर्नेलाई कानुन बमोजिम कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । ‘बालिकाको बलात्कार गरी हत्या गर्ने, आन्दोलनका नाममा तोडफोड गर्ने र हिंसा मच्चाउने सबैलाई कारबाही हुन्छ । यसमा सरकारले कुनै कसर बाँकी राख्दैन’ उनले भने । गृह मन्त्रालयले एसपि डिल्ली राज विस्टलाई निलम्बन गर्न पनि निर्देशन गरियको छ ।