रौतहटको लालबकैया नदीमा डुंगा दुर्घटना ३० जना वेपत्ता ,,

भदौ,९ गौर – रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा डुंगा दुर्घटना भएको छ । ४० जना सवार मध्ये ३० जना अझै वेपत्ता छन् । १० जनाले पौडिएर ज्यान जोगाएका छन् । औरहियाबाट गौरतर्फ आउँदै गरेको डुंगा पुल र्निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार डुंगा नै फुटेको छ ।अहिले प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्दारमा जुटेको छ । तर, खोलामा बाढी आएको र रात परेकाले उद्दारमा समस्या भएको उनीहरुले बताए । यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।