फेसबुक बाट अस्लिल फोटो पठाउने युवक पक्राउ ,,

भदौ १०, काठमान्डौ – एक महिलालाई फेसबुकमा अस्लिल फोटो पठायको आरोपमा युवक पक्राउ परेका छन्। सुर्खेतको लेकबेशी नगरपालिका ,७ कल्याणका टीकाराम खड्का महिलालाई अश्लिल तस्बिर पठाएको अभियोगमा पक्राउ परेका हुन् ।

२३ वर्षीय खड्काले आफ्नो फेसबुक आइडीबाट महिलालाई अश्लील फोटो पोस्ट गरेको बारे मुद्दा दर्ता परेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले बताए । खडकालाई अनुसन्धानका लागि हनुमानढोका लागियको छ ।

यही भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी अपराध संहिता ऐन अनुसार विद्युतीय माध्यमबाट अश्लील फोटो वा चित्र देखाएमा यौन दुर्व्यवहार गरेको मानिने र तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। यदि तपाई पनि कहिँ कतै कसैलाई तेस्ता मेसेज फोटो हरु पठाउदै हुनुहुन्छ भने साबधान रहनु होला।

lekbesi