अमेरिकाको फ्लोरिडा मनोरञ्जन कम्प्लेक्समा गोली चल्दा ३ जनाको मृत्यु ,,

भदौ,११ काठमाडौं – अमेरिकाको फ्लोरिडामा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा बन्दुक्धारी सहित दुई जनाको ज्यान गएको छ । ११ जना घाइते भएका छन् ।फ्लोरिडास्थित ज्याकसोनभिल्लाको मनोरञ्जन कम्प्लेक्समा भिडियो गेम चलिरहेका बेला गोली चलेको हो । ज्याकसोनभिल्ला फ्लोरिडाको ठूलो किनमेल, मनोरञ्जन तथा डाइनिङ कम्प्लेक्स हो ।

गोली हान्ने व्यक्ति डेभिड काट्ज नामका २४ वर्षीय युवक भएको खुलेको छ । बीबीसीका अनुसार बाल्टिमोरका उनले गोलाबारीपछि आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।उनले खेलमा हार भयपछि अन्धाधुन्द गोलि चालाएको स्थानिएले बताएका छन्। तर प्रहरीले भने एसको ईन्कार गरेको छ। घटनामा उनीमात्र रहेको बिबिसीले बताएको छ। प्रहरीका अनुसार, डेभिडले एक मात्रै हाते बन्दुकको साहरामा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटनाको अनुसन्धान भईरहेको छ।