suekhet
bheriad

आज गाईजात्रा पर्व धुमधामका साथ् मनाईदै ,,

lekabesi

भाद्र ११, काठमाडौं – नेपालमा राजा प्रताप मल्लले गाईजात्राको शुरुवात गरे लगतै नेपालमा प्रतेक वर्ष गाईजात्रा मनाउने गरिन्छ ।राजा प्रताप मल्लले पुत्रको मृत्युले शोकले बिह्वल भएकी आफ्नी रानीलाई फकाउनका लागि हाम्रो छोरा जस्तै धेरैका आफन्त मरेका छन्, भनी देखाउन आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएपछि जनश्रुती पाइन्छ । भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पर्व आज देशभर मनाइँदै छ।

काठमाडौं उपत्काका काठमाडौं भक्तपुर, पाटनसहित विषेश गरी नेवार समुदाय बसोबास भएका ठाउँमा गाइजात्रा पर्व मनाइन्छ । मृत्यु भएको एक वर्ष नपुगेका आफन्तका परिवारले गाइजात्राका दिन मृतक आफन्तको सम्झनामा उनीहरुको तस्बिरका साथै पुत्लाहरु बनाएर आ-आफ्ना इलाका परिक्रमा गराउने प्रचलन छ । यसरी नगरपरिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ । आजदेखि ८ दिनसम्म लगातार विभिन्न जात्रा पर्वहरु मनाउने प्रचलन छ । गाई र मानिसलाई सिगारी मृतक आफन्तको प्रतिमाका साथ सहर परिक्रमा गर्दै मृतकका आफन्तले फलफुल, मिठाई, दुध, दही लगायत विभिन्न खानेकुरा र द्रव्य दान गर्ने प्रचलन छ । शहर परिक्रमा संगै विभिन्न नाच देखायर मनोरंजन गरेर यो पर्व मनाउने गरिन्छ ।