बिमस्टेक सम्मेलनलाई ध्यान गर्दै विमानस्थलमा कडाई ,,
भदौ १२, काठमान्डौ -बिमस्टेक सम्मेलनको पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै यात्रुबाहेकका व्यक्तिलाई त्रिभुवन विमानस्थलमा प्रवेश निषेध गरिएको छ । विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिलाई साथमा अन्य आफन्त तथा साथिभाई लिएर नआउन विमानस्थल प्रशासनले आग्रह गरेको छ ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रिका अनुसार विमानस्थलमा प्रवेश गर्ने यात्रुको गोल्डेन गेटमै कडा सुरक्षा जाँच गरिनेछ । अत्यावश्यक कारणले भित्र प्रवेश गरेका व्यक्तिले पनि १०-१५ मिनेटभित्रै विमानस्थल छोड्नुपर्ने विज्ञप्तिमा जारि छ। विमानस्थलभित्र प्रवेश अनुमति पास भएकाहरुको हकमा यो नियम लागू नहुने विमानस्थलले जनाएको छ । भाडाका ट्याक्सीलाई , होटेलका गाडी , निजि सवारी साधन लागायातले पनि विमानस्थलको गोल्डेन गेटभित्र प्रवेश गरि मान्छे छोडी ५ देखि १० मिनेटमा निक्लिसक्नु पर्ने छ ।