मोदी सुरक्षाका लागि बुलेटप्रुफ कार सहित भारतीय कमान्डो काठमाण्डौ आईपुगे ,,

भदौ १२ , काठमान्डौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षार्थ भारतीय सेनाको कमाण्डो काठमाडौं आइपुगेको छ। प्रधानमन्त्री मोदीको लागि सुरक्षा मिलाउन मोदीले प्रोग गर्ने बुलेटप्रुफ कार र १३ जना काठमान्डौ आईपुगेको छ भारतीय वियुसेनाको जहाजबाट आईतबार काठमान्डौमा आयका हुन् भदौ १४ र १५ गते हुने सम्मेलनलाई सुरक्षित बनाउन सरकारले चारवटै सुरक्षा निकायका १८ हजार बढी सुरक्षाकर्मी परिचालनको तयारी गरेको छ।सम्मेलनको सबै सुरक्षा व्यवस्था पूरा भएको महानगरीय प्रहरी आयुक्तका डिआइजी मनोज न्यौपानेले बताएका छन्एकै पटक तीन देशका ‘भिभिआइपी’ को आगमन हुने भएकाले एयरजाम घटाउन छोटो समयका लागि उडान सेवा स्थगित गर्ने निर्णय भएको हो।

‘तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको छ। पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी र तेस्रोमा सशस्त्र प्रहरी तैनाथ रहनेगरि सुरक्षा वेवास्था मिलईयाको न्यौपानेले बताए भारतका प्रधानमन्त्री मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री छानोछा आगमनका क्रममा १४ गते बिहीबार बिहान ८ देखि १० बजेसम्मको समयमा विमानस्थलको उडान अवतरण सेवा बन्द हुनेछ।बिमस्टेक शिखर सम्मेलनका क्रममा काठमाडौं उपत्यकाको सडकमा हुने सवारी आवागमन सहज र सरल बनाउन जोर,विजोर सेवा लागू गरिएको छ। १३ र १५ गते बिजोर अनि १४ गते जोर नम्बरका सवारी संचालन गर्न गृहमन्त्रालयले सुचना जारि गरेको छ।

सम्मेलनस्थलको भित्री सुरक्षा व्यवस्थापनको जिम्मेवाजारि री र भिभिआइपीहरु भ्रमण गर्ने मुख्यस्थलको सुरक्षा जिम्मा सेनालाई दिइएको छ ।सैनिक प्रवक्ता गोकुल भण्डारीका अनुसार बिमस्टेकजस्तो अन्तर्राष्ट्रिय शिखर सम्मेलनलाई सुरक्षित र व्यववस्थित बनाउन सुरक्षा व्यवस्थापनमा सेना परिचालन भएको बताए ।यसको मुख्य जिम्मा सेनालाई दिईएको छ शिखर समेलनभर सेनाले २४ औ घण्टा पैदल गस्ती गर्ने छ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलक्षेत्र र होटल सोल्टीमा रहेको सम्मेलन स्थलको सुरक्षा जिम्मेवारी पनि सेनालाई प्रदान गरिएको छ।गृह मन्त्रालयका अनुसार विशिष्ठ अतिथिहरुको सवारी सञ्चालनदेखि सम्मेलनस्थलको सुरक्षामा दोस्रो तहको सुरक्षा घेरामा प्रहरीको उपस्थिति हुने छ। प्रहरीलाई ‘ब्याक सर्पोट’ मा सशस्त्र प्रहरी परिचालन गरिएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि होटल सोल्टीसम्म बिहान ८ बजे एक घण्टा लामो कार्गेट सवारी सञ्चालनको पूर्वअभ्यास गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको हो।