चलचित्र नाई न भन्नु ल ५ ले ३ दिनमा गर्यो ढाई करोडको व्यपार ,,

भदौ १२ , काठमान्डौ – नँया वर्षको सुरुवात संगै वैशाख ७ देखि भदौ १ गते सम्म रिलिज भयका चलचित्र मध्ये बक्स अफिसमा कसैले पनि आफ्नो लगानी उठाउन सकेनन। ब्राण्डमा चलेको चलचित्र नाई न भन्नु ल ५ ले भने सोचे भन्दा राम्रो व्यापार गर्न पुगेको निर्माण पक्षले बताएको छ। भदौ ८ गते बाट हलमा प्रदशन भयको यो चलचित्रले शुक्रबार औषत व्यापारमा चित्त वुझाएपनि आईतबार सम्म भने राम्रो ब्यापार गरेको छ।

शनिबार मात्र चलचित्रले १ करोडको नजिक ब्यापार गरेको थियो भने आईतबार ७० लाखको ब्यापार गरेको छ ।,चलचित्रले हिट लिस्टमा भएका चलचित्र खोज्ने हो भने अहिले सम्म पाएको थियन ।अब भने नाई न भन्नु ल ५ यो वर्षको हिट हुने बाटोमा देखिएको छ। चलचित्रमा नेपालका थुप्रै मनोरन्य दृश्य देख्न सकिन्छ ।चलचित्रमा धेरै लामो समयपछि सम्म देखा नपरेका नायक ,नायिका दिलिप रायमाझी , निरुता सिंह देखिएपछि पनि सबैले चलचित्र हेर्ने चासो देखाएका छन्।