गायक यस कुमार बने निर्देशक ,,

भदौ १३, – गायकद्ध निमा रुम्बा र यश कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘छिरिङ’को टिजर सार्वजनिक भएको छ । यस कुमार धेरै पछि मेडियामा देखिएका छन् प्रस्तुत टिजरमा हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप र परिवेशलाई चित्रण गरिएको छ । दुई श्रीमान् भएकी युवतीले भोग्नुपरेको मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्धको कथामा यो चलचित्र बनेको छ ।

कागबेनी रिलिजको दशक बढी समयपछि गायक समेत रहेका निमा रुम्बाले चलचित्रमा कमब्याक गरेका हुन् । चलचित्रमा २ नायकको साथमा कामना भुजेलले अभिनय गरेकी छिन् । चलचित्रलाई यश कुमारले निर्देशन गरेका हुन् । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । यो चलचित्र असोज १२ गतेबाट रिलिज हुँदैछ ।तिमले त मायामा ज्यानै लिन्छौ बोलको गीतले दर्शकको मन जितेको देखिन्छ ।