Gold

सम्मेलन नसकिँदै बंगलादेशकी प्रधानमन्त्री फर्किदै ,,

Naumule Migrate

भदौ १४ , काठमान्डौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन बिहीबार दिउसो साढे ३ बजे उद्घाटन हुँदैछ। अध्यक्षको हैसियतमा शिखर सम्मेलन आयोजक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्‍घाटन गर्नेछन्। सम्मेलनको कार्यसूचीअनुसार भोलि (शुक्रबार) पौने २ बजे सम्मेलनको समापन गरिनेछ। तर बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने सम्मेलन समापन हुनुभन्दा पौने तीन घण्टा अगावै स्वदेश फिर्नेछिन्।

उनी शुक्रबार बिहान ११ बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयको कार्यसूचीमा उल्लेख छ। सम्मेलन नसकिँदै स्वदेश फर्किनुको कारण बंगलादेशको आन्तरिक राजनीति। बंगलादेशमा यो वर्ष आम निर्वाचन हुँदैछ। र, निर्वाचनको मिति तोक्न ढिलाइ भइरहँदा त्यहाँ सरकार विरोधी प्रदर्शनहरू चर्किएका छन्।

फोटो पत्रकार शाहिदुल आलमको पक्राउको विरोधमा केही सातादेखि त्यहाँ विद्यार्थीहरूले सरकार विरुद्ध आन्दोलन चर्काएका छन्। अर्कोतर्फ प्रतिपक्षी दल बंगलादेशी नेस्नालिस्ट पार्टीकी अध्यक्ष खालिदा जियालाई पक्राउ गरि हिरासतमा राखिएको विरोधमा पनि त्यहाँ आन्दोलन चर्किरहेको छ।

 

Naumule Badhipahiro